No.1 News Portal from Sudurpashchim Province
bajaj

मालिकार्जुन गाउँपालिका वडा न.३ का वडा अध्यक्ष धामी महिलालाई जबरजस्तीकरणी गरेर फरार

गोकुलेश्वर । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी एक महिलालाई जबरजस्तीकरणी गरेर फरार भएका छन् । गाउँमा जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि उहाँ माघ महिनामै फरार भएको बताइएको छ । उहाँले गाउँकै साला नाता पर्नेको श्रीमतीलाई माघ २० गते राती घरमा गएर जबरजस्तीकरणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

pm office

 

उहाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ । उहाँको नाममा गत शुक्रबार पिडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो । फरार रहेका वडा अध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष कार्यालयमा लामो समय देखी उपस्थित नहुँदा कार्यालयबाट प्रवाह हुने केहि सेवाहरु अबरुद्ध भएको बताइएको छ । नाता प्रमाणित, नेपाली नागरिकताका लागि सिफारिस लगातयका सेवाहरु प्रभावित भएका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.