No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रजान्तत्र दिवसको अवसरमा बैतडी कारागारबाट दुई जना कैदीबन्दी रिहा

गोकुलेश्वर । बैतडी कारागारबाट दुई जना कैदीबन्दी रिहा भएका छन् । प्रजान्तत्र दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरीसकेका दुई जना कैदी रिहा भएका हुन् ।सवारी ज्यान र अंगभगं मुद्धामा कैद भुक्तान गरिरहेका दोगडाकेदार गाउँपालिकाका बिरेन्द्रसिह कार्की र चोरी मुद्धामा ३ बर्षको कैद फैसला भएका दशरथचन्द नगरपालिकाका गणेशसिंह विष्टको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका कारागार प्रमुख धारा भण्डारीले बताइन्।

pm office

 

सवारी ज्यान र अंगभंग मुद्धामा बिष्टलाई २०७७ कार्तिक २८ गते ४ बर्ष,कार्कीलाई चोरी मुद्धामा २०७८ असार ३० गते ३ बर्षका लागि कैद फैसला भएको थियो ।

फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद सजाय मिनाहा गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.