No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

गोकुलेश्वर । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले बताउनु भयो।

pm office

आज दिउँसो १ बजे हुने उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहने बताइएको छ । यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् ।

मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार मतदाताको नामावली सार्वजनिक गर्ने तयारी रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.