गोकुलेश्वर। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको दाबी गर्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका छन् । उनले राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले समृद्धिमा योगदान दिन नसकेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ। उनले प्रजातन्त्र दिवसको शुभकामना दिने क्रममा भनेका छन्।

पूर्वराजा शाहले राजनीतिक दलका नेताहरु परिवारवादमा फसेको समेत आरोप लगाएका छन् । देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन्। उनले भने तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ ।
प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभाष समाजमा उजागर भएको छ।पूर्वराजा शाहले प्रतिकूल परिस्थितिमा पनि आफूहरुले संयमता नगुमाएको र देश नछाडेको भन्दै अब मौन नबस्ने बताएका छन् ।
नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरुमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं,उनको सन्देशमा लेखिएको छ ।



