गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ मा हिजो फागुन ६ गते देखी संचालित महोत्सव भव्य रुपमा जारी छ ।आज महोत्सवको दोस्रो दिन राष्ट्रिय चर्चित कलाकार चक्र बमको दमदार प्रस्तुती रहेको छ ।

दार्चुलाको गोकुलेस्वर आउदा उनलाई फुलमाला सहित भव्य स्वागत गरिएको छ ।उनले गोकुश्वर महोत्सवमा आफ्नो दमदार प्रस्तुती देखाएका छ्न । उनले ‘ओइ गाजल’ भन्ने नामको गित गाउँदा दर्शकहरुले उक्त गितमा नाच्दै गर्दा लगाएको बार समेत भाच्चिएको छ ।
बमले उफ्री उफ्री ‘ओइ काजल’ गित गाउदा बार भाचिएको छ । बार भाच्चिदा केही सामान्य घाइते समेत भएका छन ।



