No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा करेन्ट लागेर टिप्पर चालकको मृत्यु,सह चालक घाइते

गोकुलेश्वर। दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३ नलबगडस्थित सडकम माटो फाल्ने टिप्परको ढाला नांगो बिजुलीको तारमा लागेर टिप्पर चालकको मृत्यु भएको हो ।

pm office

बिहान् करिब ९ बजे को समयमा सडकमा माटो फिलिङ गर्ने क्रममा से १ क ११३० नम्बरको टिप्परको पछाडी पट्टिको भागले बिजुलीको नाङ्गो तारलाई छुदा टिप्पर चालक कैलाली लम्किचुहा नगरपालिका चिसापानी ३ का लिला थापाको ज्यान गएको छ।

भने सह चालक मार्मा गाउपालिका वडा नम्बर ६का अन्दाजी १९ बर्षिय प्रकाश सिंह ठगुन्ना घाइते भएका छन। गम्भीर घाइते भएका चालकलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्यादा मृत घोषणा गरेको दार्चुला प्रहरी निरीक्षक राजेश साहीले जानकारी दिनुभयो  । घाइते भएका सह चालकको गोकुलेश्वर अस्पतालमा उपचार सुरु गरिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.