No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बाट बैतडी सदरमुकामका लागि छुटेको जिप दुर्घटना ४ जना घाइते

गोकुलेश्वर।गोकुलेश्वर बाट बैतडी सदरमुकाम का लागि छुटेको जिप दुर्घटना भएको छ ।बैतडी दशरथचन्द नगरपालिका २ घुसुल्ला मोड नजिकै से १ ज ९२७ नम्बरको जिप आइतबार बिहान पौने ११ बजेतिर दुर्घटनामा परेको हो ।

pm office

गोकुलेश्वरबाट बैतडी सदरमुकामका लागि छुटेको जिपमा चालक सहित १० जना सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ५ का ११ बर्षीया आरती ठगुन्ना र दशरथचन्द नगरपालिका १० का ३० बर्षीय हेमन्तसिंह बुडाल दशरथचन्ल नगरपालिका १० खडेनीका २३ बर्षीया जानकी बुडाल, दनपा १ पालीका ४० बर्षीय देवदत्त भट्ट,रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।उनीहरुको अवस्था समान्य रहेको प्रहरी प्रवक्ता जोशीले बताए ।अनियन्त्रित भएर जिप दुर्घटनामा परेको अनुमान गरिएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.