गोकुलेश्वर। नेकपा एमालेका उपाध्यक्ष तथा सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज धनगढी आउने भएका छन् । मिसन ग्रासरूट अभियानको शुभारम्भ गर्न धनगढी पुग्न लागेका हुन् । १० बजे सम्म उपाध्यक्ष पौडेल धनगढी पुग्ने प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ । आज अभियान प्रारम्भ गर्न ‘मिसन ग्रासरुट’ अभियानमा पौडेल, भट्ट सहित मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापालाई पनि जिम्मेवारी रहेको छ ।
आज धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहेको प्रदेश सचिव तथा सांसद पाठकले जानकारी दिए ।
केन्द्रीय नेताबाट प्रशिक्षित भए पछि २ महिना यहाँ प्रशिक्षण दिएका नेताहरूले यहाँका सबै पालिकामा यस्तै अभियान सुरु गर्ने छन् ।



