No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम सेवा समाज युएईको अध्यक्षमा ठकुराठी, उपाध्यक्षमा खडायत

गोकुलेश्वर। सुदूरपश्चिम सेवा समाज युएईको चौथों अधिवेशनबाट अध्यक्षमा मोहन ठकुराठी चयन भएका छन् ।

युएईमा कार्यरत सुदूरपश्चिमेलीहरुलाई एकताको सुत्रमा बाध्ने उद्देश्यले स्थापना गरिएको सुदूरपश्चिम सेवा समाज युएईले ठकुराठीको अध्यक्षतामा समिति गठन गरेको हो ।

सेवा समाजका युएई निवर्तमान अध्यक्ष दान सिंह महराको अध्यक्षतामा एक कार्यक्रमका बिच ठकुराठी अध्यक्ष रहनेगरी २१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

pm office

समितिको बरिष्ठ उपाध्यक्षमा शिवराज तिमिल्सिना, उपाध्यक्षमा सुरेद्र बहादुर खडायत, नरेशप्रसाद भट्ट,समीप क्षेत्री,सिबी देउकाडी,महिला उपाध्यक्ष्मा सम्पदा बोहरा, महासचिवमा प्रकाश दत्त बडु,सचिवमा मनोज साउँद, कोषाध्यक्षमा तारा बिस्ट, र सह कोषाध्यक्षमा टंक प्रसाद जोशी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा असोकराज पन्त,भरत बिक्रम बोगटी,दिपेश कुँवर,खगेन्द्र खडका,गणेश खडका,तिलक खडका,तपेन्द्र खडका,गंगाराम ढुङ्गना,प्रकाश खाती र सागर क्षेत्री चयन भएका छन् ।

सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्षसुरेद्र बहादुर खडायतले सेवा समाजले सुदूरपश्चिमबासीहरुलाई विभिन्न घटना,दुर्घटना तथा अन्य दैवी प्रकोपहरुको बेला सहयाग गर्दै आएको बताएका छन् ।

यसैगरी उनले समाजको मान प्रतिष्ठालाई अझै अगाडी बढाउन सबैको सुझावहरुलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.