No.1 News Portal from Sudurpashchim Province
bajaj

हमास नेता : इजरायलसँग एक–दुई दिनमै सङ्घर्षविराम

गोकुलेश्वर। प्यालेस्टिनी विद्रोही समूह हमासका एक वरिष्ठ अधिकारीले इजरायल र गाजाको विद्रोहीबीच एक–दुई दिनमा युद्धविराम हुन सक्ने बताएका छन् । यद्यपि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्हायुले भन्नुभएको छ, ‘इजरायली नागरिकको शान्ति र सुरक्षा सुनिश्चित नभएसम्म कारबाही चलिरहन्छ ।’

pm office

यसैबीच दुवै पक्षबीच लगाता एघार दिनदेखि आक्रमण भइरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ । प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायलमाथि रकेट प्रहार गरेका छन् । जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनी नागरिक रिसाएपछि यहाँ हिंसा भड्किएको थियो । दुवैले यसलाई पवित्र स्थल मान्छन् ।

हमासको राजनीतिक शाखाका नेता मूसा अबू मार्जूकले लेबनानको अल–मयादीन टीभीसँग भने, ‘मलाई लाग्छ दुवै पक्षबीच सङ्घर्षविराम गराउने प्रयास सफल रहन्छ ।’ उनले भने, ‘एक–दुई दिनभित्र सङ्घर्षविराम हुन सक्ने मलाई आशा छ र यो आपसी सहमतिबाट हुनेछ ।’दुवै पक्षलाई सङ्घर्षविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि हमास नेताको यो भनाइ आएको हो ।

बिहीवार दुवै पक्षबीच लगातार ११ दिनदेखि आक्रमण चलिरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ । प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायलमाथि रकेट प्रहार गरेका छन् । १० दिनदेखि चलिरहेको हिंसामा गाजामा अहिलेसम्म कम्तीमा दुई सय २७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.