No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला खलंगास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय बाट प्रशासनले गर्यो चार विद्यार्थीहरु निष्काशन

गोकुलेश्वर । दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय प्रशासनले चार जना विद्यार्थी निष्काशन गरेको छ। विद्यालयमा झैझगडा र शिक्षकमाथि आक्रमण गर्ने धम्की दिने चार जना विद्यार्थीहरुलाई निष्काशित गरेको छ । बुधबार ती विद्यार्थीहरुले सोही विद्यालयकै अर्को कक्षामा पढ्ने एक जना विद्यार्थीलाई कुटपिट गरेका थिए। त्यसपछि विद्यालय प्रशासनले ती विद्यार्थीलाई झिकाएर छलफल गर्दा माफी नमागेको र शिक्षकलाई समेत धम्की दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य लालसिंह महराले बताउनु भयो।

pm office

निष्काशित पत्र दिएपछि उक्त पत्र च्यात्दै उनीहरुले रड लिएर शिक्षकहरुलाई नै कुट्ने भनेर धम्की दिएका बताइएको छ ।’

विद्यालय प्रशासनले निवेदन दिएपछि प्रहरीले ती चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । र विद्यालयले निवेदन दिएपछि चार विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भयो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.