गोकुलेश्वर । काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से महलमा सोमबार भएको लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न मोबाइल व्यवसायीले माग गरेका छन् । ब्यवसायीहरुले ८ देखि १० करोडसम्मको मोबाइलहरु लुटिएको बताएका छन् ।

ब्यवसायीहरुले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा मोबाइल पसलमा लुटपाट भएको थियो ।
घटनाको बारेमा जानकारी दिन मोबाइल व्यवसायीहरुले आज पत्रकार सम्मेलनको आयोजना गरिने बताएका छन् ।



