No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली नदीमा बग्दै गरेका एक व्यक्तिको प्रहरीद्वारा उद्धार, अस्पताल पुर्याउँदा मृत घोषणा

गोकुलेश्वर । महाकाली नदीमा बग्दै गरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको भएपनि मृत्यु भएको छ । महाकाली नदीमा व्यक्ति बगिरहेको खबर पाउनासाथ प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा पुर्याएको भएपनि अस्पताल पुर्याउँदा ती व्यक्तिको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत मगरले बताउनु भयो ।

pm office

महाकाली नगरपालिका वडा नं ४ बांगाबगरस्थित रिङ्न ताल नजिक महाकाली नदीमा ती व्यक्ति बगीरहेको खबर पाएपछि सोमबार बिहान प्रहरीले उद्धार गरेको थियो । उद्धार गरिएका अन्दाजी ५० बर्षीय पुरुषलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु भएका ती व्यक्तिको पहिचान भने खुल्न बाँकी रहेको छ । ती व्यक्ति कहाँबाट बगेका हुन् भन्ने कुरा अझै खुलेको छैन । मृतकको शव अहिले जिल्ला अस्पताल दार्चुलाको लाश घरमा राखिएको खबर प्राप्त भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.