No.1 News Portal from Sudurpashchim Province
bajaj

धनगढी आयल निगमको भण्डारण क्षमता बढेन

गोकुलेश्वर।अत्यावश्यक बस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनु पर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसंग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ ।

धनगढीको मुख्य बजारमा पेट्रोलियम भण्डारण गृह छ जग्गा पनि आवश्यक्ता भन्दा धेरै कम डेढ विगाहा मात्र छ त्यसैले ९० दिनसम्म पुग्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गृह बनाउने गरेर काम गर्न सकेका छैनो प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेले बताए ।

pm office

खास गरेर नाकावन्दी, प्राकृतिक विपत्ति लगायत समस्याको सामना गर्नका लागि ९० दिनसम्म अत्यावश्यक बस्तु भण्डारण हुनु पर्ने मान्यता छ । अर्कोतिर बढ्दो जनसंख्यालाई ध्यान दिएर पनि भण्डारण क्षमता बढाउनु आवश्यक रहेको उपभोक्ता हकहीत संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढंगेल ले बताए ।

प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेका अनुसार कैलालीकै गोदावरी नगरपालिका खुटिया नदी नजिकैको एक सामुदायिक वनमा १२ विगाहमा आयल डिपो बनाउने कुरा भएको छ तर त्यो जग्गा प्राप्त गर्न कठिनाइ भएको छ ।

त्यो जग्गा पाउदा ९० दिन भन्दा बढीका लागि समेत पेट्रोलियम पद्धार्थ भण्डारण गर्न सकिन्थ्यो प्रमुख न्यौपानेले भने, तर उद्योग, वाणिज्य तथा आपूर्ति र वन तथा वातावरण मन्त्रालयमा द्रत गतिमा जग्गा प्राप्तीको काम अगाडि बढ्न सकेको छैन ।

आयल निगमसंग अहिले ६३ हजार लिटर हवाइ इन्धन, १६ लाख ३५ हजार लिटर डिजल, आठ लाख ३० हजार पेट्रोल, ७७ हजार लिटर मट्टितेल भण्डारण गर्ने क्षमता छ । त्यो पेट्रोलियम पद्धार्थ सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ८७ पेट्रोल पम्पबाट वितरण हुँदै आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.