No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि ‘गायब, विद्यार्थीहरुको पढाइमा अन्योल

गोकुलेश्वर। बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि विद्यालयमा अनुपस्थित रहेका छन । साइपाल गाउँपालिका– ४ धुलीस्थित धुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशी भदौ महिनादेखि विद्यालयमा अनुपस्थित रहेका छन । प्रधानाध्यापक जोशीले आफू बिरामी भएको भन्दै भदौ महिनामा निवेदन दिएर १२ दिनको विदा मागेका खबर प्राप्त भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट ले १२ दिनको विदा मागेका प्रधानाध्यापक जोशी हाल सम्म पनि विद्यालयमा हाजिरी नभएका सहायक प्रधानाध्यापक विष्टले बताउनु भयो ।

 

pm office

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बोहराले नियमित लामो समयदेखि प्रधानाध्यापक नै विद्यालयमा नआएपछि समस्या भइरहेको बताए । ‘फोन गरेपछी आउछु, आउछु मात्रै भन्नुहुन्छ, यसबारे पटकपटक गाउँपालिकामा जानकारी गराउँदा समेत कुनै पहल नभएको उहाँले बताउनु भयो ।

साइपाल गाउँपालिका शिक्षा शाखा सह—संयोजक ज्ञान बहादुर बोहराले उक्त विद्यालयमा प्रधानाध्यापक अनुपस्थितबारे आफुले सम्बन्धित विद्यालयमा बुझेको र अनुगमन गरेको सह—संयोजक बोहराले बताएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.