गोकुलेश्वर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले कैलाली गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्दै छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात कैलाली र कञ्चनपुरबाट गर्न लागेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। आज हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल कैलाली आएका हुन।



