
गोकुलेश्वर प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका २ बसपार्कबाट बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरा लाई प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ।



