गोकुलेश्वर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैलाली र कञ्चनपुरका जिल्लाको भ्रमणमा आउने भएका छन् ।उनी कैलाली र कञ्चनपुरका विभिन्न भौतिक संरचननाको निरीक्षण र एक महोत्सवमा सरिक हुने भएका हुन् ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना हुने जनयुद्ध दिवसमा उपस्थित हुने छन् । त्यसपछि उनी कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षणका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेछन् ।
उनले त्यहाँ कैलाली महोत्सवको उद्घाटन गर्नेछन् ।त्यसपछि उनी कञ्चनपुरस्थित महेन्द्रनगरमा रहेको सुख्खा बन्दरगाहको निरीक्षणमा पुग्ने भएकाछन् ।



