गोकुलेश्वर। भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै छन। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले खबर पठाएको छ । उहाँ काठमाण्डौ आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी रहेको छ ।संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो ।

संयन्त्रको बैठकमा पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि र स्वास्थ्यसहितका विषयमा कुराकानी हुने भएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ताको वर्षौँ पुरानो विवाद समाधानका लागि दुवै देशबाट पहल नभइरहेको बेला परराष्ट्र सचिवस्तरीय बैठक हुन लागेको हो ।



