No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाड गाउँपालिकाले गाउँसभाको १२औँ अधिवेशन सम्पन्न गर्‍यो

गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले गाउँसभाको १२औँ अधिवेशन सम्पन्न गरेको छ ।

गाउँपालिकाले आर्थिक ऐन, शिक्षा ऐन, साना तथा लघुजलविद्युत नियमन व्यवस्थापन तथा सञ्चालन सम्बन्धि विधेयक,गाउँपालिकाको आर्थिक कार्य विधि नियमित र व्यवस्थित गर्न बनेको विधेयक २०७९,कर्मचारीहरुको प्रोत्साहन मापदण्डहरु, आपतकालित कार्य सञ्चालन विधेयक,कृषि तथा सहकारी ऐन,साझेदारी कार्यक्रम,न्यायिक सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि संसोधित ऐन पारित गर्दै अधिवेशन सम्पन्न भएको गाउँपालिकाका प्रवक्त राजेन्द्रसिंह बोहराले जानकारी दिए ।

pm office

गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले गरेका थिए । गाउँपालिकाले शिक्षा विधेयक सभामा पेश गर्ने,कृषि व्यवसाय प्रवर्द्धन विधेयक सभामा पेश गर्ने,स्थानीय तह कानून निर्माण प्रकृया सम्बन्धि विधेयक सभामा पेश गर्ने,गाउँपालिकाको संगठन संरचना संशोधन गर्ने,गाउँपालिका भित्रका कर्मचारी तथा शिक्षकहरुको सेवा सुबिधा संशोधन गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

गाउँसभामा गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य,कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

गाउँसभाको १२औँ अधिवेशनबाट पारित भएका विधेयकहरु :
१.न्यायीक समितिको वार्षिक प्रतिवेदन ।
२.बेरुजु सम्परिक्षण सम्बन्धि लेखा समितिको प्रतिवेदन ।
३. साना तथा लघुजलविद्युत नियमन व्यवस्थापन तथा सञ्चालन सम्बन्धि विधेयक ।
४. नौगाड गाउँपालिकाको आर्थिक कार्य विधि नियमित र व्यवस्थित गर्न बनेको विधेयक २०७९ ।
५. रकमान्तर अनुमोदन ।
६. कर्मचारीहरुको प्रोत्साहन मापदण्डहरु ।
७. नौगाड गाउँपालिका न्यायिक समिति कार्य सञ्चालन ।
८. नौगाड गाउँपालिका आपतकालित कार्य सञ्चालन विधेयक ।
अधिवेशनबाट पारित भएका प्रस्तावहरुः
१.नौगाड गाउँपालिको शिक्षा विधेयक सभामा पेश गर्ने सम्बन्धमा ।
२. नौगाड गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन विधेयक सभामा पेश गर्ने सम्बन्धमा ।
३. स्थानीय तह कानून निर्माण प्रकृया सम्बन्धि विधेयक सभामा पेश गर्ने सम्बन्धमा।
४. नौगाड गाउँपालिकामा वतावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनको विधेयक सभामा पेश गर्ने सम्बन्धमा ।
३. स्थानीय तह कानून निर्माण प्रकृया सम्बन्धि विधेयक सभामा पेश गर्ने सम्बन्धमा।
४. नौगाड गाउँपालिकामा वतावरण तथा प्राकृतिक स्रोत सभामा पेश गर्ने सम्बन्धमा ।
५. नौगाड गाउँपालिकाको सहकारी विधेयक सभामा पेश गर्ने सम्बन्धमा ।
६. नौगाड गाउँपालिकाको फर्म रजिष्ट्रेशन बिधेयक सभामा पेश गर्ने सम्बन्धमा ।
७. नौगाड गाउँपालिकाको आर्थिक ऐन २०७९ संशोधन गर्ने सम्बन्धमा ।
८. नौगाड गाउँपालिकाको संगठन संरचना संशोधन गर्ने सम्बन्धमा ।
९. नौगाड गाउँपालिका भित्रका कर्मचारी तथा शिक्षकहरुको सेवा सुबिधा संशोधन गर्ने सम्बन्धमा ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.