गोकुलेश्वर । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सुदूरपश्चिम आउने भएका छन्। सोमवारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेका हुन्। उहाँले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उहाँ सोमवार बिहान धनगढी पुग्ने छन। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको बताईएको छ। सुरक्षा स्रोतका अनुसार उहाँ सोमवार दिउसो १२ बजे तिर कञ्चनपुर पुग्ने बताइएको छ।
१२ बजे देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। उहाँले सोमवार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ।



