गोकुलेश्वर ः एभिन्यूज टेलिभिजनका संवाददाता विवेक नागरीमाथि धनगढी उप– महानगरपालिका वडा न. ४ की आर्तुसा हमालले अपमान गरेको नेपाल पत्रकार महासंघ कैलाली शाखाले ठहर गरेको छ ।

माघ २६ गते धनगढी उपमहानगरपालिकाका मेयरकी छोरी समेत रहेकी हामालले गरेको दुव्यवहार पत्रकार माथि अपमान भएको महासंघले ठहर गरेको हो । महासंघले विना अवरोध सार्वजनिक स्थानमा समाचार संकलन गर्न पाउनु पत्रकारको धर्म भएको उल्लेख गर्दै यस्ता कार्य नगर्न पनि सरोकारवाला सम्पूर्ण पक्षलाई आग्रह गरेको छ ।
बिहिबार मुख्यमन्त्री कार्यालय अगाडी सडकमा दुर्घटना भएको भिडियो खिचिरहेका पत्रकार नागरीमाथि हमाले दुव्यवहार गरेकी हुन। हमालले दुर्घटना स्थलको भिडियो खिचिरहेका नागरिलाई क्यामरा बन्द गर्न लगाएर अपमान गरेकि थिइन ।



