No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिने

गोकुलेश्वर सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार आज शपथ लिने भएका छन् ।प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

दिउँसो  ४ बजेतिर कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ । नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

pm office

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले शुक्रबार सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसका एक जना प्रदेश सभा सदस्यकाअनुसार कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादी बाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको छ । स्रोतकाअनुसार कांग्रेसका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेसमा मानबहादुर रावल, दिवानसिंह विष्ट, बहादुरसिंह थापा पनि आफूलाई शुक्रबार मन्त्री नियुक्त गर्नुपर्ने लबिङमा रहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.