गोकुलेश्वर – दार्चुलाको महाकाली नदिमा बगेका बृद्धको मृत्यु भएको छ । दार्चुला खलंगा बजार नजिक महकाली नदिमा बगीरहेको अवस्थामा फेला परेका ७० बर्षिय बिर सिंह बडालको उपचारको क्रममा मृत्यु भएके हो ।

दार्चुलाको महाकाली नगरपालिका २ घर भएका बडाललाई स्थानियले महाकाली नदिमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गराएका थिए । बडालको शव अहिले जिल्ला अस्पताल दार्चुलामा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता जगत मगरले जानकारी दिनुभयो ।
हाम फालेको हो अथवा कसरि महाकालीमा बगे भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।



