गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा वडा नम्बर ९ गोकुलेश्वर माविको खेलमैदानमा भएको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरले हात पारेको छ । १० स्वर्ण ,९ रजत,३ काश्य प्राप्तगरी उपाधी हात पारेको हो ।
यसैगरी गलैनाथ मावि झरकाडाले १० स्वर्ण ,१ रजत,३ काश्य सहित द्वितीय स्थान प्राप्त गरेको छभने सत्यप्रकाश मावि देथलालले ७ स्वर्ण ,४ रजत,५ काश्य सहित तृतिय स्थान प्राप्त गरेको छ ।

प्रतियोगिताको समापनमा कार्यक्रममा बोल्दै शैल्यशिखर नगर खेलकुद विकास समिति अध्यक्ष महेशसिंह भण्डारीले खेलकुदको क्षेत्रमार्फत देशलाई चिनाउन सकिने बताउँदै खेल क्षेत्रलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै उनले भने,‘खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुन्छन् ।’
शैल्यशिखर नगरपालिकामा खेलकुदको सम्भावना भएको हुँदा खेलकुदको माध्यमबाट नगरपालिकालाई चिनाउने अध्यक्ष भण्डारीको भनाई छ । खेलकुद राष्ट्रको गहना भएकाले नगरको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाहमा गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष भण्डारीले बताए ।
यसैगरी अध्यक्ष भण्डारील शैल्यशिखर नगरपालिकामा खेलकुदको विकाशका लागि आफ्नो दिलो ज्यान लगाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
२० गतेदेखि सुरु भएको प्रतियोगितमा १३ वटा माद्यमिक विद्यालयको सहभागिता रहेको थियो ।



