No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले सबै मिडिया र सम्पादकको ‘मुकुन्डो’ उतारिदिने चेतावनी

गोकुलेश्वर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गर्नुभएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताउनुभयो

pm office

विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि विभिन्न आरोप लगाइएको उहाँले बताउनुभयो । सञ्चार कर्मपछि राजनीतिमा आउँदा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ ।

तर उहाँले हार नमानेको भन्दै जनमतको कदर गर्ने र आसा उत्साहका साथ दिएको एक एक भोट खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति रवि लामिछानेले केही पत्रकार मिलेर आफूलाई चरित्रहीन देखाउन खोजेको बताएका छन् ।

विभिन्न मिडिया र व्यक्तिको नामै तोकेर आक्रोशित रूपमा प्रस्तुत भएका उनले सबै मिडिया र सम्पादकको ‘मुकुन्डो’ उतारिदिने चेतावनी दिए । ,आइतबार पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.