गोकुलेश्वर बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई चार–शून्य गोलले हराएको छ । ढाकामा आज आइतवार भएको खेलमा भुटानलाई चार–शून्य गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले एक गोल गरिन् । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग तीन–एक गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ । ।



