No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट निस्कने वा सरकारमा रहने भन्ने विषयको अन्तिम छलफलमा

गोकुलेश्वर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट निस्कने वा सरकारमा रहने भन्ने विषयको अन्तिम छलफलमा जुटेको छ । प्रधानमन्त्री प्रचण्डसँग भेटपछि रास्वपा सभापति रवि लामिछाने अहिले पार्टी कार्यालय बसुन्धारामा पुगेका छन् ।

pm office

अब रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने छ । बैठकले सरकारमा रहने कि नरहने भन्ने विषयको टुंगो लगाउने जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रविले गृहमन्त्री बन्ने इच्छा देखाउँदै आएका छन् । उनले पूर्वसहमति अनुसार आफूहरुले गृहमन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको छ । तर प्रधानमन्त्रीले भने रविलाई अहिले मन्त्री नबन्न सुझाव दिएका छन् । बरु उपनिर्वाचनबाट संसदमा आउन आग्रह गरेका छन् ।

हाललाई भने गृहमन्त्रालयको साटो अरु कुनै मन्त्रालय लिन रविलाई प्रधानमन्त्रीले आग्रह गरेको वालुवाटार श्रोतले जनाएको छ । प्रधानमन्त्रीको उक्त आग्रहप्रति रवि सकारात्मक रहेको बुझिएको छ । यद्यपि रास्वपाले भने केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.