गोकुलेश्वर कैलालीमा लागुऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय सन्तोष राना, धनगढी –१० का ५० वर्षीय रामनारायण राना, डोटीको आदर्श गाउँपालिका–२ घर भई

हाल धनगढी –२ रामजानकी टोलमा डेरा गरी बस्दै आएकी १९ वर्षीया आयुसा उपाध्याय, मिलन चोककी १५ वर्षीया करिस्मा छेदाल, टिकापुर नगरपालिका–८ बटमपुरका २५ वर्षीय आकाश चौधरी, टिकापुर–७ दिव्यपुरकी २९ वर्षीया सिवास्नी चौधरीसहित ६ जना पक्राउ परेका छन्।
पक्राउ परेका धनगढी उपमहानगरपालिका–१३ का सन्तोष रानाबाट १ ग्राम ४३० मिलिग्राम, उपमहानगरपालिका–९ बङग्राकटान स्थित धनगढी–१० का रामनारायण रानाबाट ४५० मिलिग्राम आयुसा उपाध्याय र करिस्मा छेदालबाट ६९० मिलिग्राम ९ पलाष्टिक सहित लागुऔषध प्रहरीले फेला पारेको थियो।
आकाश चौधरीले चलाएको से ५ प २०८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार सिवास्नी चौधरीको साथबाट ३० दशमलव ५७ ग्राम लागुऔषध जस्तो देखिने धुलो पदार्थ फेला परेपछि प्रहरीले पक्राउ गरेको हो।



