No.1 News Portal from Sudurpashchim Province
bajaj

कांग्रेसका नेता श्रेष्ठले चितवन क्षेत्र नम्बर २ मा स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

गोकुलेश्वर  नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आज आइतवार आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन दिनुभएको हो ।

pm office

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित हुनुभएको थियो । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुग्नुभएको हो ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उहाँले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पार्नुभयो ।

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.