गोकुलेश्वर दार्चुलाको अपिहिमाल गाउँपालिकाका दुई पसलमा आगलागी भएको छ । अपिहिमाल गाउँपालिका ४ खण्डेश्वरीका विक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको पसलहरुमा सोलारको ब्याट्री सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा पसलभित्र रहेका सामग्री जलेर नष्ट भएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



