गोकुलेश्वर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस राख्दै विशेष पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने बताएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।
रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ । गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ ।

तर, बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन् । मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उनले सामाजिक संन्जालमा ,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ ।
पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’ लेखेका छन्




