
गोकुलेश्वर बङ्लादेशमा भइरहेको साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपाल आयोजक बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । खेल ढाकाको मुस्तोफा कमल मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । भुटान पनि शुक्रवार भएको उद्घाटन खेलमा भारतसँग १२–० गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटान सहभागी छन् ।



