
गोकुलेश्वर कैलालीको अत्तरिया बाट अवैध लागुऔषध चरेश सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको छब्बिस पाथिभारा गाउँपालिका ६ बस्ने २९ वर्षीय सत्य नारायण फुलारा रहेका छन् ।
शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई गोदावरी नगरपालिका–२ बसपार्क स्थित पहाड रोडमा धनबहादुर बुढाले सञ्चालन गरेको बझाङ होटलको ३ नम्बर कोठाबाट लागुऔषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ प्रहरीले उनको साथबाट चरेस जस्तो देखिने कालो वस्तु एक किलो ५ ग्राम बरामद गरेको छ



