गोकुलेश्वर।दार्चुलाको नौगाड गाउँपालिकाल वडा नम्बर ६ ले एक कार्यक्रममको आयोजना गरी लोपोन्मुख कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ महिला समूहलाई डिजे वितरण गरेको छ ।
शुक्रबार समाजमा परापूर्वकालदेखि रहेका पुराना संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ६ वटा महिला समुहलाई संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न प्रचारप्रशारका लागि डिजे वितरण गर्नुका साथै संस्कृतिको जर्गेना गर्न जनचेतनामुलक कार्यक्रम गरिएको वडा अध्यक्ष एवंम गाउँपालिका प्रवक्ता राजेन्द्रसिंह बोहराले बताए ।

अध्यक्ष बोहराले गाउँका पुराना संस्कृतिको जर्गेना गर्न आवस्यक रहेको बताए । उनले भने, ‘पहिलेपहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडवाडमा नाच नाचिन्थ्यो । हाम्रो संस्कृतीको मलाइ निकै माया लाग्छ । तर, पछाडिका सन्तानले यो कला संस्कृति चटक्कै बिर्सने हुन् कि भनेर चिन्ता लाग्छ ।’
महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि मनाउने गरिएको अन्तर्राष्ट्रिय नारी दिवसका लागि समेत डिजे वितरण गरिएको वडा अध्यक्ष बोहराको भनाई छ ।
यसैगरी लोपोन्मुख संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नारी दिवसका लागि वडा भित्र रहेका हरेक महिला समुहका चार चार जनाका लागि लोपोन्मुख पोषाक घागरो,चोलो र मुणेठो वितरण गरिने समेत उनले बताए ।
जनचेतनामुलक तथा डिजे वितरण कार्यक्रममा वडा अध्यक्ष बोहरा,स्थानीय,महिला समुहका पदाधिकारी लगायत अन्यको सहभागिता रहेको थियो ।



