गोकुलेश्वर १० वर्षदेखि अदालतको फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय भुक्तान नगरेका सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
सांसद चौधरीलाई पक्राउ गरेकोमा नागरिक उन्मुक्ति पार्टीले भने विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ भने कैलाली क्षेत्र नम्बर २ मा पक्राउको विरोधमा प्रदर्शन भएको छ। २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।
त्यतीबेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो। अदालतले फैसला गरेपनि यसअघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईँले प्रतिनिधिसभा सदस्य रहेका अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।
वीरबहादुर चौधरीले शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायधिश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो। वीरबहादुर चौधरी पक्राउ प्रकरणसँगै यो विषयले चर्चा पाएको थियो।
पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई श्री एयरलाइन्साबाट विहिवार बेलुकीको चौधरीलाई काठमाडौबाट धनगढी ल्याइएको हो। कोहलपुरमा बिहीबार दिउँसो पक्राउ परेका उनलाई बिहीबारनै काठमाडौ लगिएको थियो।
सुरक्षाको स्थितिलाई ध्यानमा राखेर उनलाई स्थल यातायातबाट नभइ हवाई माध्यमबाट धनगढी ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले सांसद चौधरीलाई अदालतको फैसला कार्यान्वयनका लागि आज अदालतमा उपस्थित गराइएको हो।
फरार सूचीमा रहेका चौधरीलाई पक्राउ गरि नेपाल प्रहरीले आज कैलाली अदालतमा बुझाएको थियो । जिल्ला अदालत कैलालीले उनलाई आजै कारागार चलान गरेको छ ।



