No.1 News Portal from Sudurpashchim Province
bajaj

सत्तारुढ दलहरु गृह मन्त्रालय विवाद मिलाउन आन्तरिक छलफलमा

गोकुलेश्वर। साझेदार प्रमुख दलहरुले गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेद मत्थर पार्न सत्ता छलफललाई तीव्रता दिएका छन् ।

गृह मन्त्रालयको विवादकै कारण सत्ता गठबन्धन भत्किन सक्ने जोखिम बढेपछि विवाद समाधानका लागि छलफललाई तीव्रता दिइएको हो । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै भेट गरे ।

pm office

यसबारे आज पनि सत्तारुढ दलहरुबीच आन्तरिक छलफलको तयारी छ । माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैँले राख्ने तयारी गरेपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि गृह मन्त्रालय रिक्त छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

गृह मन्त्रालयमा फर्कनको लागि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर भेट गरिरहेका छन् ।

एमालेले भने सहमति अनुसार लामिछानेकै राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्नेमा जोड दिँदै आएको छ । राप्रपा पनि सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनु पर्ने पक्षमा छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.