No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर र लेकमका कृषक बालीनाली बाँदरले खाएर सत्यनाश बनाएपछि हैरान

गोकुलेश्वर। दार्चुलाका विभिन्न स्थानका खेतबारीमा लगाइएको बाली,फलफूल बाँदरले खाएर सत्यनाश बनाएपछि स्थानीय कृषक हैरान भएका छन् ।

जिल्लाको लेकम गाउँपालिका,शैल्यशिखर नगरपालिका लगायत अन्य अधिकांश ठाउँमा बाँदरको आतंक बढ्दै गएकाले आफूहरुलाई सास्ती भएको स्थानीयले बताएका छन् ।

pm office

बाँदरले खेतबारीमा लगाइएको गहुँ, फलफूल र तरकारी बाली खाएर सत्यनाश बनाएको शैल्यशिखर नगरपालिका-९ धानाखेतीका स्थानीय निरज जोशीले जानकारी दिए । बाँदरले बाली,फलफूल,तरकारी लगायत अन्य बाली कोही खाने र कोही चुँडेर फालिदिएर हैरान बनाएको उनले बताए ।

गाउँका स्कुले विद्यार्थी, महिला पुरुषदेखि वृद्ध–वृद्धासम्मले बाँदर कुर्न खट्नुपरेको र बाँदरका हुल पसेर खेतबारीमा लगाएका बाली कोही खाने र कोही चुँडेर मिल्काइदिने गरेपछि दिनैभर धरालो लाग्नुपरेको उनको भनाई छ ।

खेती तथा फलफूल नष्ट गर्नुको साथै धपाउन जाँदा केटाकेटी तथा महिलालाई बाँदरले आक्रमण गर्न जाइलाग्ने गरेको लेकम गाउँपालिका स्थानीयले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.