गोकुलेश्वर। दार्चुलाको ब्याँस गाउँपालिका -२ को दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण नहुँदा अहिले पनि स्थानीय जोखिमपूर्ण तुइन तर्न बाध्य छन् ।

ब्याँस–२ कै रिठान, दुम्लिङ र कल्जुका स्थानीय ज्यानमारा तुइनकै भरमा रहेका छन् । पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन ।
२०७२ मै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन रहेका छन । आर्थिक वर्ष २०७२÷७३ मा महाकालीमा रहेका चारवटै तुइन हटाइएर झोलुङ्गे पुल निर्माण गरिएको विभागले जनाएको छ ।



