No.1 News Portal from Sudurpashchim Province
bajaj

उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

नेपाली वस्तु निर्यातबारे छलफल

गोकुलेश्वर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

pm office

भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराएका छन्।

मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.