धनगढीमा उद्योग सञ्चालन गर्दै आएका नौगाडका नरेन्द्र झण्डै १२ किलो चरेससहित पक्राउ
धामी सहित चार जनालाई पक्राउ
गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिका घर भई हाल धनगढीमा उद्योग सञ्चालन गर्दै आएका एक जना झण्डै १२ किलो चरेससहित पक्राउ परेका छन् ।

नौगाड गाउँपालिका- २ स्थायी घर भई हाल धनगढीको चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योग सञ्चालन गर्दै आएका ३४ वर्षीय नरेन्द्रसिंह धामी ११ किलो ९ सय ग्राम चरेश सहित पक्राउ परेका छन् ।
मंगलबार आज विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धामीले सञ्चालन गरेको सो उद्योगबाट ११ किलो ९ सय ग्राम चरेश, एक थान डिजिटल काँटा नियन्त्रणमा लिएर धामी सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा उद्योग सञ्चालक नरेन्द्रसिंह धामी, दार्चुला नौगाड वडा नम्बर २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुरा स्वामीकार्तिक गाउँपालिका–२ का स्थायी घर भई हाल बर्दगोरिया गाउँपालिका–४ कैलाली बस्दै आएका ३५ वर्षीय धनलाल कामी रहेका छन । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



