No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगर खेलकुद विकास समिति अध्यक्षमा महेश भण्डारी

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाको नगर खेलकुद विकास समिति अध्यक्षमा महेश भण्डारी चयन भएका छन् ।

नगरपालिका भित्रका खेलकुद गतिविधि क्रियासिल,चलयमान,खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्पादन बढाउने उदेश्यले नगर कार्यपालिकाबाट नगर खेलकुद विकास समिति गठन, संञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि,२०७९ स्वीकृत भई सोही कार्यविधि बमोजिम भण्डारीलाई अध्यक्ष पदमा चयन गरिएको नगरपालिकाले जनाएको छ ।

pm office

शैल्यशिखर नगरपालिकामा खेलकुदको सम्भावना भएको हुँदा खेलकुदको माध्यमबाट नगरपालिकालाई चिनाउने अध्यक्ष भण्डारीले बताए । उनी खेलकुद क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

खेलकुद राष्ट्रको गहना भएकाले नगरको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै नगरका नौं वटै वडामा वडा खेलकुद विकास समिति गठन गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष भण्डारीले बताए ।

शैल्यशिखरमा खेलकुद विकास समिति गठन भएसँगै शैल्यशिखरकोे खेलकुद क्षेत्रले लय समात्ने आशा गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.