No.1 News Portal from Sudurpashchim Province
bajaj

विद्यालयमा खेल मैदान नहुँदा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट सडकमा

गोकुलेश्वर। दार्चुलाको एक विद्यालय खेल मैदान नहुँदा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सडकमा गर्न बाध्य भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–८ स्थित लटिनाथ मावि तल्चौरामा खेल मैदान नहुँदा विद्यार्थीलाई गोकुलेश्वर–झरकाँडा सडक खण्डमा विभिन्न खेलहरु खेलाएर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता गर्न बाध्य भएका हो ।

pm office

विद्यालमा खेलमैदान नभएकाले विद्यार्थीहरुलाई सडकमा लगेर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको छनोट गरिरहेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले बताए ।

‘विद्यालयमा खेल मैदान छैन्,हामीहरु बिहान बेलुका सडकमा विद्यार्थीहरुलाई खेलाएर छनोट गरिरहेका छौं,सडकको माथि र तल तिर काम चलिरहेकोले हामीहरु यसरी छनोट गरिरेका हौं ।’ उनले भने,’पटक पटक स्थानीय सरकार,प्रदेश र केन्द्र सरकारलाई खेलमैदान निकार्णका लागि माग गरेको भएपनि कुनै चासो दिएका छैनन् ।’

जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयहरुमा खेल मैदान नहुँदा खेलकुदको विकासमा अवरोध पुगेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.