No.1 News Portal from Sudurpashchim Province
bajaj

गृहमन्त्री रवि लामिछाने र मेयर बालेन्द्र साह बालेन बीच सिंहदरबारमा भेटवार्ता

गोकुलेश्वर । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह बालेन बीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा मेयर बालेनले गृहमन्त्री लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

pm office

मेयर बालेनले सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेपछि कानुनसम्मत हो भने आफू सहयोग गर्न तयार रहेको गृहमन्त्री लामिछानेले जावफ दिएका थिए । पछि उत्पन्न हुन सक्ने परिस्थिति नै नहेरी एकैपटक सुकुम्बासी हटाउन नहुने पनि गृहमन्त्री लामिछानेको सुझाव थियो ।

गृहमन्त्री लामिछानेलाई भेट्न मेयर बालेनसहित एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली गृह मन्त्रालय पुगेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.