No.1 News Portal from Sudurpashchim Province
bajaj

चमेलिया नदीमा बेवारीसे अवस्थामा एक महिलाको शव फेला

गोकुलेश्वर। दार्चुलामा एक महिलाको शव फेला परेको छ । शनिबार (आज)  जिल्लाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित चमेलिया नदि किनारमा अन्दाजी २६ वर्षिया महिलाको बेवारीसे अवस्थामा शव फेला परेको हो ।

शैल्यशिखर नगरपालिकाको भवन पछाडी चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले बताए ।

pm office

‘अपराह्न ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन् । प्रहरी निरीक्षक थापाले भने,’शवलाई परिक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । ’

घट्ना घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.