No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला : डोरीको ‘जुगाड’ स्टेचरमा बोकेर बिरामी अस्पताल पु¥याउनुपर्ने बाध्यता

गोकुलेश्वर। दार्चुलाको मालिकार्जुन गाउँपालिका—२ न्वालपानीकी ईन्नरा धामीलाई माघ ५ गते बिहिबार राती सुत्केरी व्यथा सुरू भयो ।

सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान छिमेकी सहित परिवारका सदस्य गाउँमा स्ट्रेचरको खोजी गर्न थाले । उनीहरूले गाउँमा स्टेचरको खोजी गरे । तर, पाएनन् । त्यो गाउँमा स्टेचर थिएनन् । ईन्नरालाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन । अन्ततः केही सीप नचलेपछि स्थानीयहरुले काठमा डोरी बरे र कम्बल बाँधे,त्यसभित्र झुण्ड्याएर मान्छे अटाउने खाटको स्ट्रेचर निर्माण गरे ।

 त्यसैमा राखेर ईन्नरालाई वडा नम्बर २ कै भगवती स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ठिङ पु¥याइयो । गाउँमा स्ट्रेचर नहुँदा डोरीको स्ट्रेचर बनाएर स्वास्थ्य संस्था पु¥याएको स्थानीय प्रकाश सिंह धामीले बताए ।

pm office

‘हामीले स्वास्थ्य संस्था लैजानका लागि बोक्ने स्टेचर खोजी गर्दा पाएनौं,गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्ट्रेचर छैन् । ईन्नरालाई अस्पताल पुगाउन सहयोग गरेका स्थानीय प्रकाश सिंह धामीले भने, ‘गाउँमा स्टेचरको खोजी गरे । तर, कतै पाएनौं,अन्तिममा काठमा डोरी बरे र कम्बल बाँध्यौं,त्यसभित्र उहाँलाई हालेर अस्पताल पु¥यायौं । न त राम्रो बाटोघाटो न त सडक नै । कोही बिरामी भइहाले पनि अस्पताल पु¥याउन जोखिम मोलेर घण्टौं हिडनुपर्छ ।’

उनलाई काठमा डोरी बरेर कम्बलमा झुण्ड्याएर लैजाने सल्लाह पनि स्थानीयले दिएका थिए । पहिले पनि गाउँका धेरै बिरामीलाई त्यसैगरी स्वास्थ्यचौकी पु¥याएको स्थानीय बताउछन् ।

भौगोलिक विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पु¥याउनु पर्ने भए पनि गाउँमा सहजताका लागि आवश्यक सामग्री नहुँदा समस्या हुने गरेको छ ।

ईन्नरालाई जस्तै उक्त गाउँका अधिकांश मानिसलाई यही विधिबाट उद्धार गर्ने गरिएको छ । काठको डोरी बरेर कम्बलमा झुण्ड्याएर स्वास्थ्य संस्था लगिरहेको तस्बिर समेत समाजिक सञ्जालमा समेत सार्बजनिक भएका छन् ।

स्थानीय सरकार भएपछि पनि बिरामीहरुलाई यसरी बोकेर स्वास्थ्य चौकीसम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । न्वालापानीमा करिब ७० परिवारको बस्ती छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.