No.1 News Portal from Sudurpashchim Province
bajaj

भानुभक्त जोशीको शब्दमा जहाज दुर्घटनालाई लक्षित गीत सार्वजनिक

गोकुलेश्वर – पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनालाई लक्षित गरि देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्दमा गीत सार्वजनिक भएको छ । चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्दमा रहेको उक्त गीतमा वरिष्ठ देउडा गायक भोजराज भट्टले स्वर दिएका छन ।

pm office

७२ जनाको ज्यान जानेगरि भएको उक्त जहाज आन्तरिक तर्फको ठुलो दुर्घटना हो । सोहि विमान दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा उक्त गीत तयार पारिएको हो देउडा भाकामा तयार पारिएको उक्त गीत ठाडी लयमा तयार पारिएको छ ।

बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको जहाज दुर्घटना गीत सुनेर भावुक नहुने कमै होलान् । सेतीमा खोजमा रगतको झोल भयो, संसार नै रुवाएर गयौ दैव, एकै चिता यति जना लगायतका मनै छुने भावुक शब्द समावेश गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.