
गोकुलेश्वर काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटी आर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । काठमाडौंबाट १०ः ३३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ ।
दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिन्छ । घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् । यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।



