गोकुलेश्वर गायक भानुभक्त जोशी रारा रष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट सम्मानित भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड घर भएका जोशी रारा रष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट सम्मानित भएका हुन् ।

गायक, सर्जक तथा डोटेली हास्यकलाकारको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका राष्ट्रि कलाकार जोशी देउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार विधामा सम्मानित भएका हुन् ।मंगलबार राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्।
‘मेरी माया शितलु छाया’ देउडा गीतको शब्द सिर्जना गरेका जोशी सोही गीतबाट अहिले सम्मानित भएका हुन् ।
भानुभक्त जोशीको शब्द तथा लय रहेको यो गीतमा हेम साही र झरना बोहराले अभिनय गरेका छन् भने ,गायीका रेखा जोशी र गायक सेरे औजीले सोर दिएका छन् । सानै उमेर देखि गीत संगीत क्षेत्रमा लागेका लोक तथा देउडा गायक भानुभक्त जोशीले ६३४ गीतको शब्द सिर्जना गरिसकेका छन् भने २ सय ७७ गीतमा आवाज दिइसकेका छन् ।



