No.1 News Portal from Sudurpashchim Province
bajaj

लघु जल विद्युत नियमन,व्यवस्थापन र सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले लघु जल विद्युत नियमन,व्यवस्थापन र सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेको छ ।

सोमबार (आज) गाउँपालिकाले लघु जल विद्युत नियमन,व्यवस्थापन र सञ्चालन सम्बन्धि ऐन तर्जुमा सरोकारवाला सँगको १ दिने अन्तरक्रिया कार्यक्रम गाउँपालिकाको कार्यालय होपरीगाडमा सम्पन्न  गरेको हो ।

pm office

गाउँपालिका भित्र संचालित रहेका लघु जलविद्यत आयोजनाहरुको कुशल व्यवस्थापन , संचालन, अनुगमन र नियमन गरी जलविद्युत आयोजनाहरुलाइ दिगो र विद्युत सेवालाइ भरपर्दो र व्यवस्थित बनाउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गाउँपालिका प्रवत्ता राजेन्द्रसिंह बोहराले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुस्करसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजितसिंह धामी प्रमुख अथिति,उपाध्यक्ष जगतसिंह ठगुन्ना बिशिष्ट अथिति,गाउँपालिका प्रवत्ता एवंम वडा नम्बर ६ का अध्यक्ष राजेन्द्रसिंह बोहरा र वडा नम्बर ३ का अध्यक्ष राइसिंह ठगुन्ना अथिति रहेका थिए ।

यसैगरी कार्यक्रममा स्थानीय लगायत अन्य सरोकारवाल निकायको सहभागिता रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.